नीलकण्ठमा डेंगु भयावह २६ दिनमा १२०४ जना संक्रमित

Avatar photo
Dhadingpost
आइतवार, साउन २८, २०८०

धादिङ । धादिङको नीलकण्ठमा डेंगु भयावह रुपमा फैलिएको छ ।

धादिङमा यो साउनको २६ दिनमा १३७८ जनालाई डेंगु संक्रमण हुँदा नीलकण्ठ नगरपालिकामा मात्रै ६०९ पुरुष र ५९५ जना महिला गरी १२०४ जनालाई डेंगु संक्रमण भएको हो ।

शुक्रबार नीलकण्ठमा ३२ पुरुष ३८ महिलालाई डेंगु देखिएको थियो भने शनीबार ३० पुरुष र ५२ महिला गरी ८२ जनामा डेंगु देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । धादिङको थाक्रे बाहेक सबै गाविसमा डेंगु देखि सकेको छ ।