तेक्वान्दो प्रशिक्षक प्रकाश ढुङ्गाना सम्मानित

Avatar photo
Dhadingpost
आइतवार, साउन २८, २०८०

धादिङ । अमेरिकामा रहँदै आएका तेक्वान्दो प्रशिक्षक एवम् ग्लोवल तेक्वान्दो एकेडेमीका संचालनक प्रकाश ढुङ्गाना हरेक उपलब्धीमा नेपाल त्यसमा पनि धादिङको नाम लिई रहने व्यक्ति हुन् । उनै ढुङ्गाना तेक्वान्दोमा योगदान पुर्याए वापत अमेरिकामा सम्मानित भएका छन् ।

धादिङले आफूलाई कर्म गरेर खान सिकाएको छ । अमेरिका रहेपनि मेरो हरेक उपलब्धीमा धादिङ जोडिएको हुन्छ धादिङ मेरो कर्मघर हो उनी भन्छन् । उनलाई एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दाले तेक्वान्दोमा पुर्याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै सम्मान गरेको हो ।

को हुन् तेक्वान्दो प्रशिक्षक प्रकाश ढुङ्गाना धादिङ सँग कसरी जोडियो नाता

नेपाली भाषी हिन्दु भएकै कारण भुटानबाट सन १९९२ मा लाखौँ नेपाल आएकाहरु मध्ये एउटा ११ वर्षे बालक बुबा आमा र आफन्त साथ लागेर नेपाल पस्यो । ति ११ वर्षे वालक थिए प्रकाश ढुङ्गाना ।

नेपाल प्रवेस सँगै उनका आप्रवासन र संघर्ष कथा कम पिडादायी भएन प्लाष्टिकको छाप्रोमुनी दर्केझरीमा अपाङ्ग बुबा र बहिनी सहितको परिवारको बसाई । प्रारम्भिक शिक्षा (कारितास नेपाल(जसलाई युएन् ले फण्डिङ गरेको थियो) बाट एसएलसी सक्दा सँगै तेक्वान्दो ब्ल्याकबेल्ट फस्टडान पनि सकियो ।

त्यसपछि मेची बहुमुखी क्याम्पसबाट बिए सकेका प्रकाश र उहाँकी जीवन संगिनी एक जोडी बाध्यताले सन २००५ मा धादिङ छिरे । अनि एड्भान्स एकेडेमीका संस्थापक शिक्षक बने । उनको विषयमा एड्भान्सका पूर्व प्रिन्सिपल गोविन्द बुढाथोकीले धादिङपोष्टमा लेखेको समाचार (यहाँ क्लिक) गरेर पढ्न सकिन्छ ।

धादिङ ५ वर्ष बसेका उनी त्यसपछि तेश्रो देश आप्रवासन रोजेर हाल अमेरिकाको हरिसवर्ग पेन्सिलभानीयामा छन् । उनले अहिले ग्लोवल तेक्वान्दो एकेडेमी संचालन गर्दै आएका छन् । उनको तेक्वान्दो प्रतिको लगाव र योगदानको उच्च प्रशंसा गर्दै एभरेष्ट वर्ल्ड क्लासले अवार्ड प्रदान गरेको हो ।