धादिङ । नेपाल विद्यार्थी संघ धादिङका अध्यक्ष सुदिप गौलीले कार्य समिति विस्तार गरेका छन् ।
नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले धादिङको अध्यक्षमा गत फागुन १८ गते गौलीलाई नियुक्त गरे सँगै गौलीले नेवि संघ धादिङलाई थप उचाईमा पुर्याउन भन्दै ६ महिना पछि सोमबार जिल्ला कार्यसमिति सदस्यमा ३० जनालाई मनोनित गरेका हुन् । गौलीले उपाध्यक्षमा विनोद रिजाललाई र सचिवमा दिनेश श्रेष्ठलाई गत चैत ६ गते नै मनोनित गरिकेका थिए ।
नेवि संघले अधिवेशन गर्न नसकेपछि केन्द्र देखि नै सदस्य मनोनित गर्दै काम कार्वाही अगाडी बढाउन सुरुगरेको छ , जस अन्तररगत धादिङबाट ९ जना केन्द्रिय सदस्यमा मनोनित भएका छन् । (अध्यक्ष गौलीले केन्द्रमा पनि तदर्थ समिति बनेकोले धादिङमा पनि सदस्य मात्रै मनोनित गरिएको र पदाधिकारी नबनाउन भनेकोले यसै गरि बुझिदन बताए । अनुसार समाचार सच्याईएको छ -सम्पादक)