नेवि संघ धादिङको अध्यक्षमा सुदिप गौली नियुक्त

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १८, २०७९

धादिङ । नेपाल विद्यार्थी संघ धादिङको रिक्त अध्यक्ष पदमा सुदिप गौली चयन भएका छन् । उनी चन्द्रोदय बहुमुखी क्याम्पसको स्ववियु सभापती समेत हुन् ।

नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले नेवि संघको विधान २०२७ को संशोधन २०७५ बमोजिम ३ महिना भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरि धादिङको जिल्ला अध्यक्षमा सुदिप गौली नियुक्त नियुक्त गरिएको जनाए ।