नेवि संघको केन्द्रिय सदस्यमा धादिङबाट ९ जना मनोनित

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २३, २०८०

धादिङ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरू मनोनीत गरिएको छ । जसमा धादिङबाट ९ जना परेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य मनोनयन गर्दा धादिङबाट केन्द्रिय सदस्य हुनेमा डेभिड घले, लक्ष्मी सिलवाल, ई. अशोक धमला, याकुब घले, डि. बि.कुमाल, बिकास अधिकारी, प्रमोद गिरी, हरी अधिकारी, प्रविण जमकट्टेल रहेका छन् । नेविसंघमा देउवाले ७१० जना मनोनीत गरेका हुन् ।