माओवादीले तीन महिने अभियानका लागि तोक्यो प्रदेश संयोजक

Avatar photo
Dhadingpost
आइतवार, साउन २१, २०८०

काठमाडौं । माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकले तीन महिने अभियानका लागि प्रदेश संयोजकहरु तोकेको छ ।

बागमती प्रदेशको जिम्मेवारी जनार्दन शर्माले भएका छन् भने अन्य प्रदेशहरु कोशी प्रदेशमा बलदेव खनाल, मधेसमा लिलामणि पोखरेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्य सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुन तोकिएका छन् ।

माओवादी पदाधिकारीको पनि जिम्मेवारी तोकियो

एक जना पदाधिकारीले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिएको छ । उपाध्यक्ष महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मा दिइएको छ । अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार प्रसारको जिम्मेवारी दिएको छ । यसैगरी पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिइएको छ ।

उपमहासचिवद्वय वर्षमान पुनलाई विशेष प्रदेश र जनार्दन शर्मालाई बागमती प्रदेश हेर्ने जिम्मा दिइएको छ । सचिव देवेन्द्र पौडेललाई पनि प्रदेशको जिम्मेवारी दिइएको ती नेताले बताए ।