धादिङ । धादिङबेसी सदरमुकाम नीलकण्ठ १२ मा निर्माणधिन २५ सय दर्शक अट्ने प्यारापिट सहितको नीलकण्ठ कभर्ड हल नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गाना र सार्वजनिक निमार्ण कार्यान्वयन इकाई गजुरीका प्रमुख दिपेन्द्र सुवेदी र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले निरीक्षण गरेका छन् ।
निमार्णाधिन कभर्ड हलको समाचार धादिङपोष्टले बुधबार तस्वीर सहित प्रकाशित गरेपछि निरिक्षणका लागि पुगेका उनीहरुले प्राविधिक स्टमेट अनुसार नै काम हुनु पर्ने जोड दिँदै गुणस्तरमा कुनै कमि हुन नदिने बताए । यस अघि ०७७ असार २८ गते कभर्डहलको काम ठेकेदारद्वारा अलपत्र भन्ने समाचार धादिङपोष्टले प्रकाशित गरेपछि अर्को टेण्डर प्रोसेसमा गएको थियो ।
मेयर ढुङ्गानाले धादिङपोष्टले समाचार लेख्यो आएर हेर्यौ, केहि प्राविधिक त्रुटी भएका रहेछन् त्यो ठेकदारले प्राविधिको रहोवरमा करेक्सन गर्ने प्रतिवद्धता जनाएको बताए । यो बहुयामिक भवन धादिङबेसीमा अन्तराष्ट्रिय मापदण्डमा बन्दै छ । प्रदेशको स्टमेटमा नसमेटिएको तर अत्यावस्यक निमार्ण गर्नु पर्ने पूर्वाधार पार्किक व्यवस्थापन, कभर्ड हल जाने सडक निमार्ण जस्ता कार्य नगरपालिकाले गर्ने बताए ।
केहि पिल्लरहरु र केहि बीममा समस्या देखिएको छ, ठेकेदारलाई भनेका छौ, स्टमेटमा कुनै तलमाथि हुन दिन्नौं, सार्वजनिक निमार्ण कार्यान्वयन इकाई गजुरीका प्रमुख सुवेदी धादिङपोष्टलाई बताए । आज विहान जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङको नेतृत्वमा कभर्डल पुगेको खेलकुद समितिका सदस्यहरु समेतको टोलीले प्राविधिक टोली नआई कामको गुणस्तर चेक नगरी थप काम अगाडी नबढाउन निर्देशन दिएर फर्किएको थियो ।
ठेकेदार युनिक बञ्जराले पुस मसान्तमा भवन हस्तान्तरण हुने र काम प्राविधिक स्टमेटको आधारमै हुने धादिङपोष्टलाई बताए । ढलान गर्दा केहि ठाउँहरुमा छिद्रा दिखिएको हो त्यो प्राविधिकहरु सँग बसेर पूर्णता दिन्छौं अब समय सिमा मै नीलकण्ठ कभर्डहलले पूर्णता पाउने उनले बताए ।