नीलकण्ठ कभर्ड हलले अबको ६ महिनामा पूर्णत पाउने, कस्तो छ काम ? तस्वीरमा

Avatar photo
Dhadingpost
मङ्लबार, साउन १६, २०८०

धादिङ । धादिङबेसी सदरमुकाम नजिकै नीलकण्ठ १२ मा निर्माणधिन २५ सय दर्शक अट्ने प्यारापिट सहितको नीलकण्ठ कभर्ड हलले अबको ६ महिनामा पूर्णता पाउने सार्वजनिक निमार्ण कार्यान्वयन इकाई गजुरीका प्रमुख दिपेन्द्र सुवेदीले बताएका छन् ।

धादिङपोष्ट सँग उनले भने गत आर्थिक वर्ष मै सकिनु पर्ने काम हो, तर पुलको काम हुँदा ढुवानीको समस्याले काम गर्न नसकेको पाईएकोले अब ६ महिना समय थप गरिएको र उक्त समयमा काम गर्नेमा हामी ढुक्क छौं ।

यसअघिका प्रदश सांसद डा. रामकुमार अधिकारीको कार्यकालका बागमती प्रदेश सरकारले ०७५-७६ मा पील्लर र डीपीसी सक्ने गरि ठेक्का पारेको एसएसपी कन्ट्रक्सनले काम सुरु गरे पनि समयमा काम नगरे पछि अर्को टेण्डर आव्हानबाट युनिक बञ्जराको ओम बुद्ध हरि तारा देवी कम्पनीले काम गर्दै आएको छ ।

काम अलपत्र भएको खवर धादिङपोष्टले ०७७ असार २८ गते धादिङबेसी मालेबगरमा बन्दै गरेको कभर्ड हल निमार्ण अलपत्र शिर्षकमा समाचार प्रकाशित गरे पनि अर्को टेण्डर प्रोसेसमा गएको थियो ।

पहिलो ठेकदार कम्पनीले गरेको काम समेत भत्काएर नयाँ डिपीआर अनुसार ओम बुद्ध हरि तारा देवी कम्पनीले ४ करोड २५ लाखमा काम सक्ने गरि टेण्डर पारेको हो । अहिले काम २ करोड ५० लाखको भएको र अरु काम सक्न ६ महिनाको समय उक्त कम्पनीले पाएको छ ।

कस्तो छ अहिले सम्मको कामको अवस्था
मुख्य निमार्णको काम सकिएको र अब ट्रष्ट र फिनिसिङ्को काम मात्रै बाँकी रहेका ठेकेदार कम्पनीका कुवेरले बताए । धादिङबेसीमा उत्कृष्ठ कभर्डहल त बन्दै छ तर कसरी बन्दै छ अहिलेको काम गराई प्राविधिक स्टमेट मापदण्ड अनुसार नै बनेको छ त ? आशंका गर्ने प्रस्तै ठाउँहरु देखिन्छन् ।

तस्वीरमा कामको स्वरुप