धादिङबेसी मालेबगरमा बन्दै गरेको कभर्ड हल निमार्ण अलपत्र

Avatar photo
दिपेश कडेल
आइतवार, असार २८, २०७७

धादिङबेसी असार २८ । धादिङबेसी स्थित मालेबगरमा प्रदेश सरकारको क्रमागत योजनामा ६ करोड लागत रहने कभर्ड हल ठेकेदार निमार्ण कम्पनीका कारण अलपत्र परेको छ ।

०७५/७६ मा पील्लर र डीपीसी सक्ने गरि ठेक्का पारेको एसएसपी कन्ट्रक्सनले आजको मिति सम्ममा पनि काम नसक्दा कभर्ड हल निमार्ण कार्य अलपत्र परेको हो ।

अलपत्र अवस्थामा देखिने उक्त कभर्ड हल निमार्ण स्थलमा ठेकदारले निमार्ण गरिने कामको स्टमेट अनुसारको नक्शा समेत राखेको छैन ।

प्रदश सांसद डा. रामकुमार अधिकारीको पहलमा ६ करोड खर्च गरी प्रदेश सरकारको क्रमागत शिर्षकमा बन्न लागेको २ हजार खेलाडी अट्न सक्ने भनिएको उक्त कभर्ड हल निमार्ण कम्पनीका ठेकदार सांसद अधिकारी कै गाउँले धुँवाकोट निवासी हुन् ।

टेन्डर पारे पछि पटक-पटक ताकेता गर्दा पनि विभिन्न बहाना बनाई मिति सार्दै निमार्ण कम्पनी आएको र यो आर्थिक वर्षमा डीपीसी र पिल्लर उठाउने काम सक्ने मिति असार २८ गते सम्म दिईएको सामाजिक विकास मन्त्रालय सार्वजनिक निमार्ण कार्यान्वयन इकाई बागमती प्रदेशका प्रमुख सुकदेव सापकोटाले धादिङपोष्टलाई बताए ।

प्रमुख सापकोटाले दिएको मिति सम्म पनि ठेकदार कम्पनीले कामलाई तिब्रता नदिँदा कभर्ड हल निमार्णमा अन्यौलता थपिएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ बताउँछन् ।

अत्यन्त महत्वपूर्ण योजना थियो । ठेकदार कम्पनीका कारण समयमै बन्नु पर्ने कभर्डहलको काम रोकियो आफुले भवन निमार्ण इकाई र ठेकदारलाई पटक-पटक फोन गर्दा पनि काम अगाडी नबढेको अध्यक्ष तामाङले बताए ।

तोकिएको समयमा पनि उक्त निमार्ण कम्पनीले स्टमेट अनुसारको काम नगरे सामाजिक विकास मन्त्रालय सार्वजनिक निमार्ण कार्यान्वयन इकाई बागमती प्रदेशले एस एस पी कन्ट्रक्शनलाई कालो सूचीमा राख्ने तयारी गरेको छ ।