एनआरएनए जापानमा धादिङका ४ मध्य दिनेश लोहनीले जिते

Avatar photo
Dhadingpost
आइतवार, साउन १४, २०८०

धादिङ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको निर्वाचनमा धादिङका ४ जनाले उम्मेदवारी दिए पनि एक जनाले मात्रै नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

चार जना मध्य नतिजा आफ्नो पक्षमा पार्न सफल भएका हुन् धुनीबेसीका दिनेश लोहनी । उनले एनसीसी सदस्यमा जितेका हुन् । दिनेशले २ हजार ४८५ मत ल्याउँदै विजयी भएका थिए । लोहनी एनआरएनए जापानको सदस्य, मानार्थ सल्लाहकार धादिङ समाज जापानको अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् ।

यस्तै नि वर्तमान उपाध्यक्ष गंगाजमुना गाउँपालिका जन्मभूमि भई जापान बस्दै आएका राजकुमार अधिकारीले अध्यक्ष पदमा पराजित भएका छन् उनले ७७७ मत प्राप्त गरे । यस्तै नि वर्तमान सचिव नीललकण्ठ नगरपालिकाका श्याम शितल महासचिवमा पराजित भए उनले २ हजार ७८९ मत प्राप्त गरेका थिए । यस्तै बेनीघाट रोराङका बिकास अधिकारी कान्साई क्षेत्रिय सचिव पदमा पराजित भएका छन् उनले ३४३ मत ल्याएका थिए ।

एनआरएनए जापानको अध्यक्षमा नबिन निउरे चयन भएका छन् । उनले २९५५ मत सहित जित हासिल गरे । उपाध्यक्ष पदमा सिद्धार्थ श्रेष्ठ, कृष्ण गैरे, देबराज उप्रेती, सुभास लामिछाने र सचिन श्रेष्ठ, महिला उपाध्यक्षमा एलिजा केसी भण्डारी, महासचिवमा टिकाराम खरेल, सचिवहरुमा दिलिप कँडेल, दिपेश खत्री र अर्जुन थापा, महिला सचिवमा चन्द्र कुमारी केसी निर्वाचित भए ।

यस्तैगरि, कोषाध्यक्ष पदमा दिपक सुनार, सहकोषाध्यक्षमा राम बहादुर थापा, महिला सह कोषाध्यक्षमा अन्जुभण्डारी, महिला संयोजकमा हेमा पाण्डे र युवा संयोजकमा मुक्तिराज रेग्मी निर्विरोध चयन भएका छन् । यसका साथै नयाँ कार्यसमितिको सदस्य पदमा, दिनेश लोहनी, कृष्ण प्रसाद कँडेल, नेत्र प्रसाद पाण्डे, ध्रुब गौतम, रामु कँडेल, बिनयगुरुङ, ज्योति केसी र दिलिप शर्मा चयन भएका छन् ।