एनआरएनए जापानको चुनावमा धादिङका ३ जनाको उम्मेदवारी

Avatar photo
Dhadingpost
सोमवार, साउन ८, २०८०

धादिङ । गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको निर्वाचन यहि जुलाई ३० अर्थात साउन १४ गते हुन गहिरहेको छ । यस चुनावका लागि धादिङ जन्मभूमि भई जापानमा बसोबास गरि रहेका ३ जनाले अध्यक्ष सहित महत्वपूर्ण पदमा उम्मेदवारी दिएका छन् ।

धादिङ समाज जापानले आफ्नो सामाजिक संजाल मार्फत धादिङका यी ३ जना अध्यक्षका उम्मेदवार धादिङको गंगाजमुना गाउँपालिका राजकुमार अधिकारी, सचिवमा नीलकण्ठ नगरपालिकाका श्याम शितल र केन्द्रिय सदस्यमा धुनीबेसी नगरपालिकाका दिनेश लोहनीलाई मतदान गरि विजयी गराउन एनआरएनए जापानका मतदाताहरुलाई आव्हान गरेको छ ।

धादिङ समाज जापानका अध्यक्ष श्यामहरि तिमल्सिनाका अनुसार अध्यक्षका उम्मेदवार राजकुमार अधिकारी एक सफल ब्यबसायी हुन । अत्यन्तै सिधा, मिलनसार र सरल ब्यक्तित्व उनीमा एनआरएनएमा उपाध्यक्ष भएर भूमिका निभाई सकेको राम्रो अनुभव छ, यस्तै संचार र सांङ्गितिक क्षेत्रबाट चर्चा कमाउँदै आएका श्यम सितल उत्तिकै लोकप्रिय पात्र हुन् उनी पनि एनआरएनए जापानको सचिवको भुमिका निर्वाह गरेको अनुभवी हुन् । अर्का सदस्यका उम्मेदवार दिनेश लोहनी एनआरएनए जापानको सदस्य, मानार्थ सल्लाहकार धादिङ समाज जापानको अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् नेपालीको दुख राम्रो सँग बुझेका छन् । यी ३ जनाले नै चुनाव जित्नु पर्छ दु:खमा परेकाहरुको मल्हम बन्न सक्ने क्षमताका छन् , हामी जिताउने अभियानमा छौं अध्यक्ष तिमल्सिनाले भने ।