धादिङका राजकुमार अधिकारीद्वारा एनआरएनए जापानको अध्यक्षमा उम्मेद्वारी

Avatar photo
Dhadingpost
बिहिबार, साउन ४, २०८०

धादिङ । यहि जुलाई ३० अर्थात साउन १४ गते गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन हुँदैछ । ०२३–०२५ को कार्यकालका लागि धादिङको गंगाजमुना गाउँपालिका जन्मभूमि भई जापान बस्दै आएका राजकुमार अधिकारीले अध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

शालिन र भद्र स्वभावका अधिकारी अहिले एनआरएनए जापानका उपाध्यक्ष छन् । रोलक्रम अनुसार पनि आफुले अध्यक्षमा दावी गरेको र यस कार्यकालको काम हेरेर पनि जापानमा रहेका नेपालीहरुले अध्यक्षमा जिताउनेमा आफु ढुक्क रहेको उनले धादिङपोष्टलाई बताए । सन २००८ मा जापान प्रवेस गरेका अधिकारीले विभिन्न सामाजिक संस्थामा जोडिएर र आफ्नै अगुवाईमा समेत शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

अध्यक्षका उम्मेदवार राजकुमार अधिकारीको चुनावी प्रतिवद्धता

१. नेपाल र जापानबिच आर्थिक साझेदारी अन्तर्गत लामो समय को जापान बसाइ त्यागेर नेपाल फर्कनु भएकाहरूको लागि नेपालबाटै पेन्सन लिने(EPA)सम्झौता गर्न सरोकारवाला निकाय संग निरन्तर सम्पर्कमा रही कार्य सम्पन्न गर्नको लागि पहल गर्ने।
२.जापान र नेपाल बिचमा Double Tax Agreement (DTA ) गर्न संबन्धित निकाय समक्ष पहल गर्नेछु।
३. जापानको जुनसुकै ठाँउबाट नेपाली भाषामै सवारी चालक (Driving License)अनुमती परिक्षा दिन मिल्ने व्यवस्था गर्नका लागि सम्बन्धित सरोकारवाला निकायसंग समन्वय गर्नेछु।
४. नेपाल सरकार तथा जापान सरकारसंग समन्वय गरी नेपाली विद्यार्थीहरुले पार्ट टाईम जब(आरुबाइतो)गर्दा TAX तिर्न नपर्ने व्यवस्था लागु गराउन आफ्नो ठाउँबाट अग्रणी भूमिका निर्वाह गर्नेछु।
५. जापानको विभिन्न उद्योग,विज्ञान-प्रविधि र अनुसन्धान क्षेत्रमा नेपाली युवा वैज्ञानिकहरुलाई प्रशिक्षण तथा अनुसन्धानको लागि जापान सरकारसंग पहलकदमी गरिदिनको लागि नेपाली दुतावास मार्फत आवश्यक अग्रसरता लिनेछु ।
६. जापानको यातायात,पर्यटन र भूकम्पका सुरक्षा क्षेत्रमा नेपालीहरुलाई आवश्यक रहेको तालिम र प्रशिक्षणको लागि व्यवस्था मिलाउने छु।
७. नेपाली विद्यार्थीहरूलाई जापानमा छात्रवृत्ति, पढाईका लागि अवसर, अनुसन्धान तथा सोधकार्य, अनुभव र रोजगारको लागि आवश्यक
सेमिनारहरु क्षेत्रगत रुपमा गरि बिधार्थी माझ एन आर एन अभियानको थालनी गर्ने छु ।
८.जापानमा हाल कायम नेपाली मजदुर (कुक ) तथा व्यवसायीहरु बिचमा भएका समस्याहरु समाधानको लागि जापानमा स्थापित ब्यबसायी हरुको सस्था संग समन्वय गरि समस्याको दिर्घकालिन उपाय खोजि समाधानको लागि सक्रिय रुपमा पहल गर्नेछु।
९. गैर आवासीय नेपाली संघ(NRNA) जापानमा सहभागी हुन चाहनेहरुलाई जुनसुकै समय मा पनि सदस्य लिने व्यवस्था गर्नेछु। यसका साथै संस्थागत निर्णयहरु संस्थागतरुपमै गरिने संस्कारको विकास गराउनेछु।
१०. जापानमा नेपाली समुदायमा हुने महिला हिंसालाई न्यूनीकरणका लागि पिडितलाई न्याय र पिडकलाई कारबाहीका लागि सक्रिय रहदै महिला हिंसा र यसको दिर्घकालिन समाधानको लागि सेमिनारहरुको व्यवस्था सहित उपाय हरुको खोजिको लागी अग्रसर रहने छु।
११. जापानमा नेपाली मौलिक कला/ संस्कृति,नेपाली साहित्य, संगीत,चलचित्रहरुको प्रवर्द्धनमा सस्थागत पहलकदमी लीइ महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु।
१२.बिभिन्न खेलकुदलाई प्रोत्साहन,व्यवसायिक क्षमता र दक्षताहरुको अभिवृद्धि गर्न जापान स्थित संबन्धित निकाय संग पहल गर्नेछु।
१३.नेपाली/ईन्डियन रेस्टुरेन्टहरूमा कुक पेसामा कार्यरत नेपालीहरूको क्षमता अभिवृद्धि कार्यक्रम गर्न लागिपर्ने छु।
१४.जापानमा बस्नुहुने सम्पूर्ण नेपालीहरूको समस्याको समाधानको लागि सहयोग डेक्स स्थापना गरि चुस्तरुपमा संचालन गर्नेछु ।
१५ .संस्थालाई चुस्त/दुरुस्त र पारदर्शी एवं जवाफदेही बनाउँदै,वर्षौदेखि अभाव खड्किरहेको -एनआरएनए जापानको आफ्नै भवनको व्यवस्था गर्नेछु। त्यसका लागि म व्यक्तिगतरुपमा १० लाख येन संस्थालाई प्रदान गर्ने घोषणा पनि गर्दछु ।
१६ क्षेत्रीय समितिहरुलाई शशक्त बनाई क्षेत्रगतरुपमा रहेका नेपालीका समस्यालाइ तुरुन्त सम्बोधन हुने गरी “जहाँ समस्या त्यहाँ एन आर एन,
जहाँ एन आर एन त्यहा समाधानका उपाय” भन्ने गरी क्षेत्रगत जिम्मेवारी लाइ बहन गराउन लागि पर्ने छु।
१७. जापान स्थित हरेक अध्यगमन बिभागमा नेपाली दोभासे सहयोगी राख्न र नेपाली भाषाबाट भिसा आबेदन गर्न मिल्ने ब्यबस्थाको लागि सन्बन्धित निकाय संग अनुरोध गर्ने ।