एनआरएनए जापानको अध्यक्षमा धादिङका राजकुमार र महासचिवमा श्याम शितलको उम्मेदवारी

Avatar photo
Dhadingpost
शनिबार, साउन ६, २०८०

धादिङ । यहि जुलाई ३० अर्थात साउन १४ गते गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको निर्वाचन हुँदैछ । ०२३–०२५ को कार्यकालका लागि हुने उक्त निर्वाचनको लागि धादिङको गंगाजमुना गाउँपालिका जन्मभूमि भई जापान बस्दै आएका राजकुमार अधिकारीले अध्यक्षमा उम्मेद्वारी दिएका छन् , भने नीललकण्ठ नगरपालिकाका श्याम शितलले महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

जापानलाई कर्मथलो बनाउदै आएका राजकुमार अधिकारी एक सफल ब्यबसायी हुन । जापानको नागोया शहरमा बस्दै रेस्टुरेन्ट ब्यबसाय गर्ने अधिकारी अहिले एनआरएनए जापानको उपाध्यक्ष छन् भने उनले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै धादिङमा रहँदा संचार र सांङ्गितिक क्षेत्रबाट चर्चामा रहेका श्याम शितल अहिल एनआरएनए जापानको सचिव छन् । उनले आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिएका छन् ।

को हुन् अध्यक्षका उम्मेदवार राजकुमार अधिकारी
जापानलाई कर्मथलो बनाउदै आएका राज कुमार अधिकारी एक सफल ब्यबसायी हुन । जापानको नागोया शहरमा बस्दै रेस्टुरेन्ट ब्यबसाय संगै नागोयामा बसोबास गर्ने जो कोही नेपालीहरुलाई परेको हरेक दुस्ख सुखमा आर्थिक,भौतिक र नैतिक रुपमा सहयोग गर्न निरन्तर अगाडी देखिन्छन । हेर्दा अत्यन्तै सिधा,मिलनसार र सरल ब्यक्तित्व भएका उनि कसै संग कडा रुपमा प्रस्तुत हुन चाहदैनन् ।
धादिङ जिल्ला गंगा जमुना गाउँपालिका घर भएका अधिकारी नेपाल हुँदै देखि बिभिन्न संघ सस्थामा रहेर काम गरेको अनुभब सुनाउछन्। अरु समाजसेवीहरुले जस्तो मिलाएर मिठा कुरा गर्न नजाने पनि समाज सेवा बोलेर होइन गरेर देखाउनु पर्छ भन्न रुचाउछन्।हरेक मान्छेलाई छिट्टै विश्वास गर्ने र छिट्टै नजिक हुने बानि भएकोले उनी लोकप्रिय छन् ।

शालिन र भद्र स्वभावका अधिकारी अहिले एनआरएनए जापानका उपाध्यक्ष छन् । रोलक्रम अनुसार पनि आफुले अध्यक्षमा दावी गरेको र यस कार्यकालको काम हेरेर पनि जापानमा रहेका नेपालीहरुले अध्यक्षमा जिताउनेमा आफु ढुक्क रहेको उनले धादिङपोष्टलाई बताए । सन २००८ मा जापान प्रवेस गरेका अधिकारीले विभिन्न सामाजिक संस्थामा जोडिएर र आफ्नै अगुवाईमा समेत शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका छन् ।

को हुन् महासिचव पदका उम्मेदवार श्याम शितल
१ दशक देखि जापानका रहेका श्याम सिताल आफु बाच्दै आफु संगै सबैलाई बचाउनु पर्छ भन्ने महसुस गर्दै बिभिन्न संघ संस्था हुँदै गैर आवसिय नेपाली संघ जापानमा २०१७-२०१९ नागोया क्षेत्रिय समिती सचिब २०१९-२०२१ नागोया क्षेत्रिय समिती संयोजक र हाल २०२१-२०२३ कार्यकालमा गैर आवसिय नेपाली संघ एनआरएनए जापानको सचिव पदमा सेवारत छन् । आफ्नो बिबेक र समयले भ्याए सम्म आफ्नो ब्यबसाय र परिवारलाई दिने समय जापान बासी नेपालीहरुको दुस्ख सुखमा खर्चिदै आएका श्याम सितलले आफ्नो कफि पिउने पैसा संगालेर कोही नेपाली बिरामी हुँदा कोही नेपालीको मृत्‍यु हुँदा दाह संस्कार गर्न जस्ता बिभिन्न समस्याहरुमा खर्चिदै आएका छन्। उनी यस अघि ०२१–०२३ को एनआरएनए जापानको सचिवमा निर्विरोध निर्वाचित भएका थिए ।