कसरी हुन्छ डेंगु संक्रमण ?

Avatar photo
Dhadingpost
बिहिबार, साउन ११, २०८०

काठमाडौं । डेंगुको भाइरस फैलाउने दुई प्रकारका लामखुट्टे हुन्छन् । एडिस एजिप्टी वा एडिस अल्बोपिक्टस भनिन्छ । यी दुई प्रकारका लामखुट्टेको टोकाइबाट मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । यी दुवै प्रकारका लामखुट्टे मानव आवास र ’चयगलम पाइन्छ ।

लामखुट्टेले डेंगु भाइरसबाट संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा प्रवेश गर्छ । त्यसपछि संक्रमित लामखुट्टेले अर्को व्यक्तिलाई टोक्दा त्यस व्यक्तिको रगतमा भाइरस पस्छ र संक्रमण गराउँछ । डेंगु ज्वरो चार प्रकारका डेंगु भाइरसमध्ये कुनै एकको कारणले हुन्छ । संक्रमित व्यक्तिको ’चयगलम बसेर डेंगु ज्वरो सर्दैन, बरु लामखुट्टेको टोकाइबाट डेंगु ज्वरो सर्छ ।

डेंगु ज्वरोबाट निको भएपछि मानिसलाई संक्रमित गर्ने भाइरसको प्रकारसँग दीर्घकालीन प्रतिरक्षा हुन्छ तर अन्य तीन डेंगुबाट हुने ज्वरोका भाइरस प्रकारहरूमा हुँदैन । यसको मतलब मानिसमा भविष्यमा अन्य तीन भाइरस प्रकारहरूमध्ये एकद्वारा फेरि संक्रमित हुनसक्ने सम्भावना हुनसक्छ । दोस्रो, तेस्रो वा चौथोपटक डेंगु ज्वरो आएमा गम्भीर डेंगु ज्वरो आउने खतरा बढ्छ । त्यसैलै हामी डेंगु ज्वरोका ’दयगतमा सतर्क रहन जरुरी छ । राजधानी दैनिकबाट