धादिङ । शिक्षा विकास तथा समन्वय ईकाइ धादिङले जिल्लामा नयाँ स्थायी नियुक्ती लिएका ६७ जना शिक्षकलाई तालिम दिन सुरु गरेको छ ।
नयाँ स्थायी भएका मावि र निमावि २० र प्राथमिक ४७ जना शिक्षकहरुलाई सेवा प्रवेश तालिम दिन सुरु गरिएको बताईएको छ ।
जेष्ठ ४ गते सम्म चल्ने उक्त तालिममा भगवान प्रसाद पौडेल, कृष्णकुमार श्रेष्ठ, इश्वरकुमार श्रेष्ठ, नवराज पाठक र बोधराज पाठकले सहजिकरण गर्ने बताईएको छ ।