धादिङ । नेकपा माओवादी केन्द्र एसिया (सार्क राष्ट्र बाहेक) प्रदेश समितिमा सह-संयोजक सहित धादिङका तीन जना चयन भएका छन् ।
नीलकण्ठ नगरपालिका ज्यामरुङका हरि नेपाली सह-संयोजक, सदस्यद्वयमा थाक्रे १० का रामहरी पुडासैनी र नीलकण्ठ खाल्टेका ठाकुर ढुङ्गाना चयन भएका हुन् । सह-संयोजकमा चयन भएका नेपाली प्रेस सेन्टर नेपाल प्रवास समितिका अध्यक्ष समेत रहेका छन् ।
सनि कुमार ओली (नवराज) संयोजकत्व रहेको माओवादी केन्द्र एसिया प्रदेश समिति ३६ सदस्यीय रहेको छ ।