धादिङ । बेनीघाट रोराङ गाउँपालिकामा रहेका ६ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा जाँच गरिने भएको छ ।
६ वटै विद्यालयमा हुने उक्त शिविरमा आँखाको समस्या भएका वालबालिकाहरुलाई निःशुल्क पावर चश्मा तथा औषधि वितरण सहित उपचार गर्ने कार्यक्रम तय भएको पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले धादिङपोष्टलाई बताए । फाईल फोटो
शिविर तालिका
जेष्ठ ३ गते बाँसखर्क मा.वि., बेनीघाट रोराङ – १
जेष्ठ ४ गते पीपलभञ्ज्याङ मा.वि. बेनीघाट रोराङ, २
जेष्ठ ६ गते पञ्चकन्या मा.वि., बेनीघाट रोराङ -६
जेष्ठ ७ गते कालिका मा.वि., बेनीघाट रोराङ -८
जेष्ठ ८ गते राष्ट्रिय मा.वि., बेनीघाट रोराङ -१०
जेष्ठ ९ गते चन्द्रोदय मा.वि. विशालटार, बेनीघाट रोराङ -५