धादिङ समाज बेल्जियमले राहतकोषका लागि बीबीक्यू कार्यक्रम गर्दै

Avatar photo
Dhadingpost
आइतवार, बैशाख ३०, २०८१

धादिङ । धादिङ समाज बेल्जियमले आगामी जुन ३ सोमवारका दिन आपतकालिन राहतकोष स्थापनार्थ सहयोगका लागि BBQ तथा भेटघाट कार्यक्रम गर्ने भएको छ ।

अन्तराष्ट्रिय धादिङ समाज बेल्जियमका अध्यक्ष कृष्ण न्यौपानेका अनुसार उक्त कार्यक्रम Albert De Jonghestraat, plein (Kessel-Lo, Leuven) मा दिउँसो २ बजेबाट सुरु हुने छ ।

१० वर्ष मुनिका बालबालिकालाई निशुल्क गरिने उक्त कार्यक्रमको टिकट शुल्क २० युरो तोकिएको उनले बताए ।