धादिङ । नेपाली ब्यबसायी संघ बेल्जियमले यहि मे २५ मा बेल्जियम स्थित लुभेन शहरको लादुज प्लेनमा फुड फेस्टिबल (नेपाली खाना महोत्सव) को आयोजना गर्ने भएको छ ।
कार्यक्रम संयोजक एवम् नेपाली ब्यबसायी संघका उपाध्यक्ष काशी दनैका अनुसार नेपाली कला, संस्कृति र पर्यटनको प्रवर्धन गर्दै नेपाली खाना र उत्पादीत बस्तुलाई युरोपको बजारमा विस्तार गर्ने मुख्य उदेश्यले महोत्सव गर्न लागिएको हो ।
नेपाली व्यवसायी संघको आयोजना र नेपाली दुतावास ब्रसेल्स संरक्षक एवम् नेपाली संघ संस्थाहरुको सहभागितामा हुन लागेको हो । युरोपमा नेपाललाई चिनाउन र पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्ने उद्धेश्यले दुई-दुई वर्षमा नेपाली फुड फेस्टिबल आएको हुँदै आएको छ, अब हुन लागेको महोत्सव तेस्रो भएको कार्यक्रम संयोजक दनैले बताए ।