एनआरएनए अमेरिकामा धादिङका ४ जना विजयी

Avatar photo
गोविन्द बुढाथोकी
सोमवार, साउन ८, २०८०

धादिङ । धादिङ जन्मभूमि भई अमेरिका बस्दै आएका धादिङका ६ जनाले एनआरएनए अमेरिका र २ जनाले अमेरिकाको क्षेत्रिय समिति संयोजकमा उम्मेदवारी दिएका थिए, जसमध्य ४ जनाले निर्वाचन जित्न सफल भएका छन् ।

गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाको जुलाई २२ र २३ मा सम्पन्न निर्वाचनमा मत ५ हजार १९७ मत ल्याउँदै धादिङ गंगाजमुना गाउँपालिका फुलखर्कका रामहरि अधिकारी महासचिवमा निर्वाचित भएका छन् । यस्तै सहकोषाध्यक्षमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका खहरेका दिवाकर पाण्डेले ४ हजार ६९१ मत ल्याउँदै विजयी बने भने गंगाजमुना गाउँपालिकाकी श्रृजना शर्माले ३ हजार ३७८ मत ल्याउँदै बोर्ड अफ डाइरेक्टर (महिला) तर्फ विजयी बनिन् । क्षेत्रिय निर्वाचन तर्फ न्यूजर्सीमा नीलकण्ठ नगरपालिका स्थित सुनौला बजार जलकेनीका भक्त गुरुङ निविरोध निर्वाचित भएका छन् ।

एनआरएनए अमेरिकाको यस निर्वाचनमा उपाध्यक्षका उम्मेदवार गजुरी निवासी राजिव श्रेष्ठ पराजित भए उनले २ हजार ४८३ मत ल्याएका थिए । यस्तै त्रिपुरासुन्दरी गाउँपालिका त्रिपुरेश्वर निवासी उर्मिला श्रेष्ठ पनि महिला सचिवमा पराजित बनेकी थिईन उनले ४ हजार १६७ मत ल्याएकी थिईन् । सिद्धलेक गाउँपालिकाकी रमा खतिवाडा पनि बोर्ड अफ डाइरेक्टर (महिला) महिला तर्फ पराजित भईन उनले ३ हजार २४० मत ल्याएकी थिईन् । यस्तै एनआरएनए अमेरिका पश्चिम क्षेत्रको संयोजक पदका उम्मेदवार धादिङ नीलकण्ठका उत्तम धमलाले जम्मा ८ मतले पराजित हुनुपरेको छ उनले १ हजार १२२ मत ल्याएका थिए ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका अध्यक्षमा डा. अर्जुन बञ्जाडे निर्वाचित भए उनले ५ हजार ७३९ मत ल्याएका थिए । १३ हजार ६९२ मतदाता रहेको यस निर्वाचनमा ११ हजार २६९ मत खसेको थियो ।