डिभिजन वन कार्यालय धादिङद्वारा आज पहिलो दिन १७ हजार विरुवा वितरण

Avatar photo
Dhadingpost
सोमवार, असार २५, २०८०

धादिङ । डिभिजन वन कार्यालय धादिङले आज देखि विभिन्न जातका विरुवा निःशुल्क वितरण सुरु गरेको छ । ३६ हजार विरुवा वितरण गर्ने जनाएको डिभिजन वन कार्यालय धादिङले आज पहिलो दिन नै १७ हजार विरुवा निःशुल्क वितरण गरिएको जनाएको हो ।

डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालका अनुसार आज दिनभर जस्तै नर्सरीमा भिड भयो झण्डै वितरण गर्ने विरुवाको संख्याको आधा विरुवा वितरण भयो । निवेदनका आधारमा व्यक्तिगत १५ वटा सम्म, कार्यालयहरुको लागि ५० वटा, संस्थागत १०० वटा सम्म र सामुदायीक वनहरुलाई क्षेत्र हेरेर २५० वटा सम्म विरुवा दिईने छ ।

वन जन्य विरुवाहरु चिउरी, कटहर, बडहर, तेजपात, टाँकी, बकाईनो, कागती, अमला, निमारो, अम्बा, चाँप, कफी र सौन्दर्यमूलक विरुवाहरुमा म्याङ्गोस्टिक, रुद्राक्ष, श्रीखण्ड, धुपी, अशोका, कल्की, कपुर, नीमका विरुवाहरु आज वितरण भएका हुन् ।

वितरण भएको विरुवा कसरी रोपिएको छ । साउन र भदौ २ महिना अनुगमन गरिने समेत लम्सालले बताए ।