धादिङमा आज २२ जनामा डेङ्गु पोजेटिभ

Avatar photo
Dhadingpost
आइतवार, असार २४, २०८०

धादिङ । धादिङ आईतबार मात्रै २२ जनामा डेङ्गु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आईतबार ९ पुरुष ११ महिला नीलकण्ठ नगरपालिकाका ज्वालामुखी गाउँपालिकाका १ पुरुष, रुबीभ्याली गाउँपालिकाका १ महिला गरी २२ जनामा डेङ्गु पोजेटिभ देखिएको हो ।

पाँचदेखि सात दिनसम्म उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुका मुख्य लक्षण हुन् ।

टिन, रङका खाली डब्बा, टायर ट्युब, खाली ड्रमहरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याङ्कीमा डेङ्गु सार्ने लामखुट्टेले फुलपार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नु पर्ने स्वास्थ्य कार्यालयलले जनाएको छ ।