नीलकण्ठ माविबाट बाबु-छोराले सँगै उत्तीर्ण गरे एसईई

Avatar photo
Dhadingpost
शुक्रबार, असार २२, २०८०

धादिङ । धादिङबेसी सदरमुकाम निवासी श्यामकुमार श्रेष्ठ पेशाले सिकर्मी हुन् । बिहिबार एसईईको नतिजा आए सँगै उनी औधी खुसी भए किनकी उनले छोरा प्रदिप श्रेष्ठ सँगै एसईई दिएका थिए ।

पढ्न उमेरले छेक्दैन, कामको चाप र घर व्यवहारले अध्ययनलाई अफ्ठ्यारो बनाउने मात्रै हो । एसईईका लागि कतिपय कुरा त छोराबाटै सिक्थे परिक्षाको बेलामा पनि हामी बाबुछोरा सँगै पढ्थ्यौं, उसले ७ कक्षा सम्म एड्भान्स एकेडेमी पढेकोले अर्थात बेस बोर्डिङ भएकोले जीपीए पनि आफूले भन्दा बढी नै ल्यायो, यसमा आफूले छोराको पढाईमा गरेको लगानी खेर नगएकोमा असाध्यै खुसी भएको उनी बताउँछन् ।

छोराले ३.५२ जीपीए ल्याएको छ मैले चाहि २.४५ जीपीए मात्रै ल्याएँ । छोरा प्रदिपलाई उसको इच्छा अनुसार कै विषय पढाउने सोचमा रहेपनि आफू भने पढाईलाई कसरी अगाडी बढाउने सोचि नसकेको उनी बताउँछन् । एसईई पास गर्ने रहरथ्यो, अब खै के गर्ने छोरा-छोरी पढाउन व्यवसाय पनि गर्नै पर्यो उनले भने ।

यस वर्ष नीलकण्ठ माविबाट २४० जना विद्यार्थीले परिक्षा दिएका थिए । जस मध्य सुवाश श्रेष्ठ र रितेश रिजालले ३.९६ जीपीए ल्याए ।