एसईई २०७९: गणितमा सबैभन्दा कमजोर

Avatar photo
Dhadingpost
शुक्रबार, असार २२, २०८०

काठमाडौं । एसईई २०७९ को नतिजा सार्वजनिक भए सँगै परिक्षार्थीहरु गणितमा सबैभन्दा कमजोर देखिएका छन् । राष्ट्रिय परीक्षा बोर्डले दिएको जानकारी अनुसार कुल परीक्षार्थीको एक तिहाइले गणितमा ई ग्रेड मात्र पाएका छन् ।

बोर्डले यसपटक अंग्रेजी, गणित र विज्ञान गरी तीन विषयमा स्तरीकृत परीक्षा सञ्चालन गरेको थियो । स्तरीकृत परीक्षा प्रणालीमा धेरै अप्ठेरा र धेरै सजिला प्रश्नलाई हटाएर अधिकांश मझौला खालका अर्थात् धेरै विद्यार्थीले उत्तर दिने खालका प्रश्न सोधिन्छ। बोर्डले यसपालि यही प्रणाली अपनाएको थियो । तर नतिजामा सुधार आउन नसकेको भन्ने आधार गणित विषयमा देखिएको छ ।

१ लाख ५५ हजार ४५८ परीक्षार्थीले गणितमा ई ग्रेड मात्र ल्याएका छन् । यो संख्या कुल परीक्षार्थीको ३२.८६ प्रतिशत हुन आउँछ । ऐच्छिक गणितमा १७ हजार २०१ जनाले ई ग्रेड ल्याएका छन् ।