बेनीघाट रोराङको कविता वाचनमा प्रथम भए राजेन्द्र दाहाल

Avatar photo
Dhadingpost
बिहिबार, असार २१, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको गाउँपालिका स्तरीय खुल्ला शिक्षक कविता वाचन प्रतियोगितामा चन्द्रोदय मावि विशालटारका शिक्षक राजेन्द्र दाहाल प्रथम भएका छन् ।

यस्तै प्रतियोगितामा शंखादेवी मावि मझिमटारका सुमन खनाल र चन्द्रोदय मावि विशलटारका डम्बरराज पन्त द्वितीय, राष्ट्रिय मावि खोरभञ्याङकी रचना श्रेष्ठ तृतिय, ओर्वाङ आधारभुत विद्यालयका कृष्ण महरा र शंखादेवी मावि मझिमटारका कमल राना सान्तोना भए ।

पुरस्कृत हुनेहरु प्रथम, द्वितिय, तृतिय, र सान्तोनालाई क्रमस १३ हजार, ११ हजार, ९ हजार र ७ हजार प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बोधराज पाठकले धादिङपोष्टलाई बताए । गाउँपालिकाका प्रमुख कृष्णबहादुर थपलिया (विवेक) को प्रमुख आतिथ्यता, उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लको आतिथ्यतामा भएको उक्त प्रतियोगितामा गाउँपालिकाका १९ जना शिक्षकहरुले भाग लिएका थिए । फोटो सौजयः महान त्यागी