धादिङ मै राम्रो नर्सरी छ तर विरुवा लिन अन्यत्र जान्छन् पालिकाहरु

Avatar photo
Dhadingpost
बुधबार, असार २०, २०८०

धादिङ । धादिङका स्थानीय तहहरुले हरेक साल यो मौषममा विरुवाहरु खरिद गरि वितरण गर्ने गर्दछन् । जिल्ला मै उत्कृष्ट नर्सरी हुँदा पनि विरुवा लिन भने स्थानीय तहरु जिल्ला बाहिर जाने गर्दछन् ।

धादिङमा दुई वटा नर्सरीबाट १०० भन्दा बढी जातका उन्नत विरुवाहरु उत्पादन गर्दै आएको प्रारम्भ एग्रो नर्सरीका संचालक प्रकाश दुवाडीका अनुसार करोड भन्दा बढी लगानीमा सदरमुकाम धादिङबेसी नजिकै नीलकण्ठ १२ मा र ज्वालामुखी ४ बाट उन्नत विरुवा उत्पादन हुँदै आएको छ ।

हामी माग भएको जुन कुनै जातको उन्नत विरुवा सुफत मुल्यमा दिन सक्छौं तर जिल्लाकै नर्सरीबाट खरिद नगरी अन्यत्रबाट स्थानीय तहहरुले विरुवा खरिद गर्ने गरेको गुनासो गरे । हाम्रो धेरै अनुरोध पछि गंगाजमुना गाउँपालिकाले ३ लाखको टिम्मुरको विरुवा खरिद गर्यो भने सिद्धलेक लगायतको अन्य पालिकालाई उन्नत विरुवा हामी उपलब्ध गराउँछौ भन्दा भन्दै जिल्ला बाहिरबाट ल्याएको संचालक दुवाडीले बताए ।

यस वर्ष आफुले रसुवामा ५ लाखको फलफुलको विरुवा, ९ लाखको कफीको विरुवा लम्जुङमा पाठाएको र डिभिजन बन कार्यालयले ४ लाखको टिम्मुरको विरुवा आफ्नो फर्मबाट खरिद गरेको दुवाडीले बताए ।

अहिले यस फर्ममा कर्णालीबाट प्रयोगात्मक शिक्षाको लागि आएका १० जना विद्यार्थीहरु र ६ जना कर्मचारीहरु कार्यरत छन् । धादिङबेसी पुछार बजारमा विरुवाहरु पर्दशी तथा विक्रि गर्दै आएको यस कम्पनीले सर्वसाधरणहरुका लागि समेत सुपथ मुल्यमा फलफुल, जडिबुटी तथा विभिन्न जातका विरुवाहरु वितरण गर्दै आईरहेको छ ।