रुबीभ्यालीमा टिम्मुरको विरुवा वितरण

Avatar photo
Dhadingpost
सोमवार, असार १८, २०८०

धादिङ । डिभिजन वन कार्यालय धादिङले करिव ६ हजार टिम्मुरको विरुवा वितरण गरिएको जनाएको छ । बाँझो जमिनलाई उपयोगमा ल्याउन टिम्मुर खेती उपयुक्त हुने भएकोले टिम्मुरको विरुवा वितरण गरिएको सहायक वन अधिकृत लोकनाथ लम्सालले बताए ।

वन अधिकृत लम्सालका अनुसार रुबीभ्याली गाउँपालिका ५ तिम्ला डाँडा कृषि तथा पशुपन्छी फर्मलाई २ हजार २२२, रुबीभ्याली गाउँपालिका २ को हिमाली कृषि तथा पशुपन्छी फर्मलाई २ हजार २२२, रुबीभ्याली १ को वविल तातोपानी सामुदायीक वन उपभोक्ता समितिलाई १ हजार, १११ र नेत्रावती डवजोङ ५ को आपरिठ्ठे खोला सामुदायीक वन उपभोक्ता समितिलाई २७७ वटा टिम्मुरको विरुवा वितरण गरिएको हो ।

अचार र दालमा मसलाको रुपमा प्रयोग हुने मुखमा राख्दा रमरम गर्ने स्वाद पाइने टिम्मुर सुगन्धीत तेल र औषधी बनाउन समेत प्रयोग हुन्छ । नेपालको पाहाडी जिल्लाहरुमा खेती गर्न सुरु भए सँगै नेपाली टिमुर जोमसोम, पोखरा, चितवन, काठमाडौको तारे होटलका साथै अस्ट्रेलिय, अमेरीका र जर्मनी लगायतका ठाउँहरुमा टिम्मुर निकासी हुने गरेको छ ।