धादिङ । धादिङ जिल्ला स्तरीय खुल्ला कबड्डी प्रतियोगिता प्रतियोगिता सुरुभएको छ । धादिङ कबड्डी क्लवले आयोजना गरेको यस प्रतियोगितामा महिला र पुरुष गरि १६ टिम प्रतिपर्धामा छन् । प्रतियोगितामा विजेता पुरुष टिमले ५० हजार र उपविजेताले ३० हजार, महिला विजेता टिमले ३० हजार र उपविजेता टिमले २० हजार पाउने छन् ।
पुरुष तर्फ ग्रुप ए मा
१. नीलकण्ठ बहुमुखी क्याम्पस, २. राईजिङ कबड्डी क्लव, ३. बाल मन्दिर, ४. सुनौलो भैरबी मावि र ५. न्यू किबो मावि
पुरुष तर्फ ग्रुप बी मा
१. बेनीघाट रोराङ गाउँपालिका, २. गजुरी गाउँपालिका, ३. कबड्डी क्लव धादिङ, ४. देउराली मावि र इन्द्राणी युथ क्लव
महिला तर्फ ग्रुप ए मा
बाल मन्दिर मावि, २.कबड्डी क्लव धादिङ र बेनीघाट रोराङ
महिला तर्फ ग्रुप बी मा
सुनौलो भैरबी, २. न्यू किबो मावि र नीलकण्ठ मावि
लिग खेलाईने यस प्रतियोगिता असार ३ गते फाईन हुने क्लवका अध्यक्ष रत्नेश यादवले धादिङपोष्टले बताए । प्रतियोगिता संचालनका लागि बालमन्दिर माविले १५ हजार, बाबुकृष्ण श्रेष्ठले ५ हजार १०५, अनुजा तामाङ, गोपीकृष्ण भण्डारी, सबिता अधिकारी, महेन्द्र बहादुर ढुङ्गानाले ५–५ हजार, प्रदिप गिरी नेतृत्वको नेपाल तेक्वान्दो संघ धादिङले १० हजार र जिल्ला भलिबल संघ धादिङले ५ हजार, सहयोग गरेका छन् । भने जिल्ला खेलकुद विकास समितिले खेलकुद सामाग्री सहयोग गरेको छ । यस्तै प्रतियोगिता संचालनको लागि जिल्ला ब्याडमिण्टन संघ धादिङ र नीलकण्ठ नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने प्रतिवद्धता आएको तर यति नै भनेर नभनेको अध्यक्ष रत्नेशले बताए ।
खेल तालिका