धादिङ । धादिङ कबड्डी क्लवले असार १ देखि ३ गते सम्म प्रथम जिल्ला स्तरीय महिलारपुरुष कबड्डी प्रतियोगिता भोली असार १ गतेबाट हुने क्लवका अध्यक्ष रत्नेश यादवले धादिङपोष्टले बताए ।
प्रतियोगितामा निम्न टिमले प्रतिस्पर्धा गर्ने छन् ।
महिला टिम
१. न्यू किबो बोर्डिङ
२. नीलकण्ठ मावि
३. सनौलो भैरबी मावि
४. बालमन्दिर मावि
५. बेनीघाट रोराङ गाउँपालिका
६. धादिङ कबड्डी क्लव
पुरुष टिम
१. गजुरी गाउँपालिका
२. इन्द्राणी युथ क्लव
३. नीलकण्ठ बहुमुखी क्याम्पस
४. किबो स्पोर्टस टिम
५. राईजिङ कबड्डी टिम
६. सुनौलो भैरवी मावि
७. बालमन्दिर मावि
८. बेनस्घाट रोराङ गाउँपालिका
९. देउराली मावि
१०. धादिङ कबड्डी क्लव
अध्यक्ष यादवका अनुसार जिल्लाका १० टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छ् । प्रतियोगितामा विजेता पुरुष टिमले ५० हजार र उपविजेताले ३० हजार, महिला विजेता टिमले ३० हजार र उपविजेता टिमले २० हजार पाउने छन् ।
धादिङबेसी स्थित कभर्ड हलमा हुने यस प्रतियोगितामा सहभागी खेलाडीलाई खानाको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता संचालनका लागि बालमन्दिर माविले १५ हजार, बाबुकृष्ण श्रेष्ठले ५ हजार १०५, अनुजा तामाङ, गोपीकृष्ण भण्डारी, सबिता अधिकारी, महेन्द्र बहादुर ढुङ्गानाले ५–५ हजार, प्रदिप गिरी नेतृत्वको नेपाल तेक्वान्दो संघ धादिङले १० हजार र जिल्ला भलिबल संघ धादिङले ५ हजार, सहयोग गरेका छन् । भने जिल्ला खेलकुद विकास समितिले खेलकुद सामाग्री सहयोग गरेको छ । यस्तै प्रतियोगिता संचालनको लागि जिल्ला ब्याडमिण्टन संघ धादिङ र नीलकण्ठ नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने प्रतिवद्धता आएको तर यति नै भनेर नभनेको अध्यक्ष रत्नेशले बताए ।