धादिङ । माओवादी केन्द्र धादिङको पार्टी कार्यालय भवन धादिङबेसी स्थित रायटारमा निर्माणको काम जारी रहेको छ । २०८० भित्रैमा पार्टी कार्यालय भवनले पूर्णता पाउने भवन निमार्ण समितिका संयोजक रुद्रबहादुर खत्रीले धादिङपोष्टलाई बताए ।
जिल्ला संयोजक मनराज भण्डारीको संयोजकत्वमा रहेको भवन निर्माण समितिले एक वर्ष अघि ७२ लाखमा जग्गा खरिद गरि १ ढलान निमार्णको कामलाई पूर्णता दिएको थियो भने अहिले खत्रीको संयोजकत्वमा बनेको समितिले भवनलाई पूर्णता दिने गरि काम अघि बढाएको छ ।
अहिलेको भवन निर्माण समिति
संयोजकः रुद्रबहादुर खत्री
सदस्यहरुः नारायणकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजाराम रिजाल, बद्री सुवेदी
पुरानो समितिले जग्गा खरिद देखि भवनको पहिलो ढलान सम्पन्न गर्न नीलकण्ठ नगरपालिकाको २० लाख र प्रदेश सरकारको ४० पाएको थियो । अन्य खर्च भने सहयोग संकलन गरेको थियो ।
यस्तै अहिले बनेको नयाँ समितिले त्रिपुरासुन्दरी गाउँपालिकाबाट आएको ८ लाख र गजुरी गाउँपालिकाबाट आएको १० लाखले पानी ट्याङ्की, भवनबाहिर शौचालय र कम्पाउण्टको काम जारी रहेको छ भने, यस आर्थिक वर्षका लागि नीलकण्ठ नगरपालिकाले फेरि दिएको २० लाखका दोस्रो ढलानको काम गर्ने भएको छ । संयोजक खत्रीका अनुसार बागमती प्रदेश सरकारले फेरि ४५ लाख विनियोजन गरेको छ त्यो पैसाले बाँकी तेस्रो र चौंथो ढलान गरिने छ ।
अनुमानित ३ करोडको लागतमा भवन निमार्णको जारी छ । अन्य पार्टी सुभचिन्तक, पार्टी कार्याकर्ताहरुबाट आर्थिक तथा भवन निमार्ण सामाग्री सहयोग पनि निरन्तर आईरहेकोले भवन निमार्णको का २०८० भित्रै सक्ने लक्ष्य राखिएको संयोजक खत्रीले बताए ।