माओवादी केन्द्र धादिङको पार्टी कार्यालय भवन यस्तो बन्ने

Avatar photo
Dhadingpost
बुधबार, जेष्ठ २५, २०७९

धादिङ । माओवादी केन्द्र धादिङले पार्टी कार्यालय भवनको लागि जग्गा खरिद कार्य सम्पन्न गरेको छ । मंगलबार जग्गा पास गरे सँगै माओवादीले भवन निर्माण तयारी गरेको हो ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङका अध्यक्ष मनराज भण्डारीका अनुसार मंगलबार जग्गा खरिद प्रक्रिया पुरा भएको हो । धादिङबेसी रायटारमा ७२ लाखमा जग्गा खरिद गरि अनुमानित ३ करोडको लागतमा भवन निमार्णको प्रक्रिया अगाडी बढाईएको उनले बताए ।

जग्गा खरिदको पक्रिया सकियो, अब तत्काल भवन निमार्णको काम सुरुहुन्छ, जग्गा खरिदका लागि उत्साहजनक रुपमा सहयोग प्राप्त भएको र अब भवन निमार्णका लागि पनि सहयोग गर्न नेता तथा कार्यकता र शुभ चिन्तकहरुलाई अध्यक्ष मनराज भण्डारीले अनुरोध गरेका छन् ।

पार्टी कार्यालय भवन निमार्णको लागि ७ आना जग्गा खरिद गरेको माओवादी केन्द्र धादिङले ५ ढलानको भवन निमार्ण गर्ने गरि नक्शा बनाएको छ ।