जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दार्चुलाका एक वडाध्यक्षलाई पक्राउ गरेको छ। ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदनसिंह धामीलाई पक्राउ गरेको हो ।
०७९ माघ २० गते जबर्जस्ती करणी गरेको भन्दै ती महिलाले फागुन ५ गते जिल्ला प्रहरी कार्यालय दार्चुलामा उजुरी दिएकी थिइन् । बलात्कारलगत्तै फरार रहेका वडाध्यक्ष धामीलाई सदरमुकाम खलंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगत गाहामगरले जानकारी दिए ।
आरोपीविरुद्ध जिल्ला अदालत दार्चुलाबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको उनले बताए । नयाँ पत्रिकाबाट