सबै अस्पतालमा कूल शैयाको १० प्रतिशत विपन्न,असहाय र बेवारिसे बिरामीलाई छुट्याउन निर्देशन

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ २१, २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शैयाको १० प्रतिशत छुट्याइ विपन्न,असहाय,बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ ।

मन्त्रालयले स्थानीय तह र सबै सरकारी,सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्रचार गरी कूल शैयाको १० प्रतिशत विपन्न,असहाय,बेवारिसे बिरामीका लागि शैय्या छुट्याइ निःशुल्क उपचारको व्यवस्था गराउन निर्देशन दिएको हो ।

मन्त्रालयले कूल शैयाको १० प्रतिशत विपन्न,असहाय,बेवारिसे बिरामीको निःशुल्क उपचार गराएरनगराएको नियमित अनुगमन हुने जनाएको छ ।