धादिङ । राजेन्द्र अधिकारी अध्यक्ष रहेको ग्रामिण यातायात धादिङ प्रालिले विद्युतबाट चल्ने विद्युतीय बस पनि चलाउने भएको छ ।
काठमाडौं, पोखरा, चितवन सहित धादिङका विभिन्न ग्रामिण रुटहरुमा डिलक्स, बस, मिनीबस र हाईस संचालन गर्दै आएको यस प्रालिले विद्युतीय बस समेत संचालनका लागि प्रक्रिया अगाडी बढाएको छ ।
अध्यक्ष अधिकारीले ग्रामिण यातायात धादिङ प्रालि मार्फत विद्युतीय बस संचालन गर्न इच्छुक व्यवसायीहरुलाई तत्काल सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।