गजुरीमा यसरी मनाईयो गणतन्त्र दिवस

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ १६, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिकाले दिप प्रज्वलन, विरामी र गुरुकुलका विद्यार्थीलाई फलफुल वितरण गरि १६ औं गणतन्त्र दिवस मनाएको छ ।

विगतका वर्षहरुमा सदरमुकाममा देखिने गणतन्त्र उत्सवहरु यो पटक नदेखिए पनि गजुरी गाउँपालिकाले भने प्रज्वलन सँगै विरामी र गुरुकुलका विद्यार्थीहरुलाई फलफुल वितरण गरि मनाएको हो । उक्त कार्यक्रममा पालिका प्रमुख गणेशलाल श्रेष्ठ, उप प्रमुख सर्मिला विसुराल, वडाध्यहरु र स्थानीयहरुको सहभागिता रहेको थियो ।