रमेश आचार्य सम्मानित

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १३, २०८०

धादिङ । पत्रकारितामा २४ वर्ष वेतित गरेका धादिङ धुनिबेसी नगरपालिका ६ का वडा अध्यक्ष रमेश आचार्यलाई प्रेस सेन्टर नेपालले सम्मान गरेको छ ।

प्रेस सेन्टरका केन्द्रिय सदस्य समेत रहेका आचार्यले पत्रकारिता पेशालाई विश्राम दिँदै माओवादी केन्द्रबाट धनीबेसी ६ को वडा अध्यक्षमा निर्वाचित बनेका हुने । उनलाई २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसर पारेर भएको प्रेस सेन्टर नेपालको १९ औं साधारण सभामा सम्मानित भएका हुन् ।

सम्मान पछि आचार्यले आफ्नो फेसबुकमा स्टाटस लेख्दै प्रेस सेन्टरलाई धन्यावाद दिएका छन् स्टाटस जस्ताको तस्तै:
नेपाली संचार क्षेत्रमा २०५६ सालदेखि सुरु गरेको पत्रकारितामा २४ वर्ष लामो जिवनको मेरो उर्जाशिल जीवन व्यतीत गरेँ । जनताको सेवामा बाकीँ जीवन सक्रिय राजनीतिमा समर्पित गर्ने अठोटसहित अहिलेको यात्रा पत्रकारिताबाट राजनीतिक यात्रातर्फ अगाडि बढीसकेको छ । जसअनुसार मैले यसअघि नै एकवर्षअघि सक्रिय पत्रकारिता कर्मलाई बिट मार्दै धादिङ जिल्लास्थित धुनिवेशि नगरपालिका वडा नं. ६ बाट उम्मेदवार भएँ र वडाअध्यक्षमा निर्वाचित भएँ। तरपनि समाजको आमूल परिवर्तन गर्ने हिजोको मेरो पत्रकारिताको बाटोबाट बोकेको उत्कृष्ट चाहना जस्तै राजनीति (जनप्रतिनिधि) को जिम्मेवारीबाट पनि पुरा गर्दै अघि बढ्ने आजको मेरो अभिलाषा हो । जनपक्षीय पत्रकारिताको त्यो साहसिक र गर्बिलो यात्रा पार गर्दै आएको म पुर्व पत्रकारका लागी जनयुद्धका महान सहिद कृष्ण सेन इच्छुकका आदर्श र सपनाहरु गर्विला मात्र छैनन, पुरा गर्नुपर्ने अभिभारा हाम्रो पुस्ताका लागी अनिवार्य बनेको छ । तथापि, हिजोको मेरो २ दशक लामो पत्रकारिताको योगदानको कदर गर्दै र प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्यकै रूपमा म बहाल रहेकै क्षणमा प्रेस सेन्टर नेपालको केन्द्रिय साधारणसभाको अवसरमा गणतन्त्र नेपालका संस्थापक नायक तथा नेपालका सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यु बाट गरिएको सम्मानका निम्ति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु । मेरा निम्ति यो अवसर खुशी, उत्साहको प्राप्ति त अवश्य छँदैछ । साथै न्यायपुर्ण समाज निर्माणको यात्रामा थप जिम्मेवारी र दायित्व थपिएको महासुस गरेको छु । यसका लागी नेपाली समाजको न्याय र उन्नयनका निम्ति मैले थप उर्जा मिलेको महसुस गर्नुका साथै निरन्तर परिवर्तनको बाटोमा अविचलित रूपमा अघि बढ्ने प्रण गर्दछु ।
मेरो यो सम्मानका निम्ति प्रेस सेन्टर नेपाल केन्द्रीय समिति र यसका केन्द्रिय अध्यक्ष विष्णु सापकोटा जुगललाई पुनः धन्यवाद ज्ञापन गर्दछु । तस्वीरः राजन अधिकारी