प्रेस सेन्टरको पुरस्कारमा चित्त नबुझेपछि, ललितपुरका ८ पदाधिकारीले राजीनामा दिए

Avatar photo
Dhadingpost
शनिबार, जेष्ठ १३, २०८०

काठमाडौं । प्रेस सेन्टर नेपालको १९ औं साधारण सभा शंखरापुर,साँखु, काठमाडौंमा जारी छ । २१ औं कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा आयोजिय यस साधारण समाभा प्रदान गरिएको पुरस्कारमा चित्तनबुझेपछि ललितपुर शाखाका ९ जना पदाधिकारीहरुले राजिनामा दिएका छन् ।

तेसो आज विहानै देखि प्रेस सेन्टरका केहि केन्द्रिय नेताहरुले आफ्नो सामाजिक संजालहरुमा असन्तुष्टिहरु छताछुल्ल नपारेका हैनन् तथापी राजिनामा भने ललितपुर प्रेस सेन्टरका अध्यक्ष रामहरि कार्की सहित आठ जनाले दिएका छन् । संगठनको केन्द्रीय नेतृत्वबाट जिल्लाको कार्य र प्रतिष्ठामा कमी ल्याई आत्मसम्मानमा ठेस पुर्याउने काम भएको भन्दै उनले हालको परिस्थितिलाई मूल्याङकन गरेर संगठनको साधारण सदस्यको जिम्मेवारीमा मात्र रहने गरी राजीनामा दिएको बताए विज्ञप्ती मार्फत जनाएका छन् ।

राजीनामा दिनेमा कार्कीसहित उपाध्यक्ष गोपाल आलेमगर, सचिव दीपक अर्याल, सहसचिव अनिल पन्त र नारायणलिंखा देवान, कोषाध्यक्ष कृष्ण पौडेल, प्रेस सेन्टर ललितपुर महानगरपालिकाका सचिव राजुप्रसाद नेपाल र प्रेस सेन्टर उपत्यका समितिका सदस्य राममणि घिमिरे रहेका छन् । त्यस्तै, पुरस्कारमै चित्त नबुझेपछि प्रेस सेन्टर मधेश प्रदेशका अध्यक्ष किरण कर्णले पनि राजीनमा दिएका छन् ।