धादिङको भलिबल तर्फ महिला र पुरुष दुबैको विजय सुरुवात

Avatar photo
Dhadingpost
सोमवार, जेष्ठ ८, २०८०

धादिङ । बागमती प्रदेश सरकारले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो खेलकुद प्रतियोगिता सोमबार साँझ मुख्य मन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरे सँगै आज देखि सुरुभएको छ । आज भएको भलिबलमा धादिङको महिला र पुरुष दुबैले विजय सुरुवाट गरेका छन् । धादिङको महिला टिमले रामेछाप र पु्रुष टिमले नुवाकोटलाई पराजित गर्दै विजय सुरुवात गरेका हुन् ।

धादिङको महिला भलिबल टिम
१. गंगा गुरुङ, २. सलिना गुरुङ, ३. प्रतिक्षा थापा मगर, ४. शर्मिला तामाङ, ५. आकृति बराम, ६. सुहाना थापा, ७. सविना गुरुङ, ८. पार्वती बराम, ९. रोजिना बराम, १०. जमुना गुरुङ
धादिङको पुरुष भलिबल टिम
१. मनोज श्रेष्ठ, २. अमन आले, ३. मिलन घले, ४. प्रकाश तामाङ, ५. बुद्धिमान तामाङ, ६. बिजय गुरुङ, ७. शिरिष तामाङ, ८. बिदुर ईटनी, ९. मोहन तामाङ, १०. मुत्तिमान तामाङ

आजै भएको महिला फुटबलमा चितवन सँग पराजित हुँदा धादिङको महिला फुटबल टिम प्रतियोगिताबाट बाहिरिएको छ । चितवनले २ गोल गर्दा धादिङ १ गोलमा रोकिएको थियो । पुरुष फुटबल अन्तरगत धादिङले भोली ३ बजे भक्तपुर सँग खेल्ने छ । अनुमानित नौ करोड ४२ लाख खर्च अनुमान गरिएको यस प्रतियोगितामा धादिङबाट विभिन्न विधामा १७० जना खेलाडीहरुले भाग लिने छन् । उसु र जुडो काठमाडौंमा, पौडी ललितपुरको सातदोवाटोमा तथा क्रिकेट चितवन, फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराँते, बक्सिङ, रग्वी, ब्याडमिन्टन र आइटिएफ तेक्वान्दोका खेल हेटौंडामा हुनेछ भने प्रतियोगिता जेष्ठ १३ गते सम्म चल्ने प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सुर्यलाल भण्डारीले बताए ।