न्यू किबाे बोर्डिङ स्कुलमा विद्यार्थीकाे चुनाव

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ५, २०८०

धादिङ । धादिङबेसी पुछारबजारमा स्थित न्यु किबो बोर्डिङ स्कुलमा चुनावी प्रक्रिया द्वारा क्याप्टेन, भाइस क्याप्टेन चयन भएको छ ।

बिद्यालय क्यालेन्डरमा उल्लेख भए अनुसार जेष्ठ १ गते कक्षा ३ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको अन्तिम मतदाता नामवली प्रकाशन गरिएको, जेष्ठ २ गते उम्मेदवारी दर्ता, जेष्ठ ३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान र जेष्ठ ४ गते ४ बजे पछि मौन अबधी सुरु गरिएको बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक तथा स्कुल इलेक्सन २०८०का मुख्य निर्वाचन अधिकृत कपिल जम्कट्टेलले बताए ।

स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेन, असिस्टेन्ट क्याप्टेनहरु विद्यार्थीहरुको गोप्य मतदान द्वारा चयन गरिएको थियो । ११:३० देखि १:३० सम्म चलेको मतदानमा सम्पुर्ण बिद्यार्थीहरुको उत्सहजनक सहभागीता रहेको थियो ।

जम्मा खसेको सदर मत ३६५ मध्य १६६ प्राप्त गरि समीर भन्डारी स्कुल क्याप्टेन, १०९ मत प्राप्त गरि रोजिना चौलागाईं स्कुल भाइस क्याप्टेन, ६७ मत प्राप्त गरि अबिशेक बानिया रेड हाउस क्याप्टेन, ५३ मत प्राप्त गरि हिमाल गुरुङ ग्रीन हाउस क्याप्टेन , ६८ मत प्राप्त गरि अजित घले याल्लो हाउस क्याप्टेन र ५० मत प्राप्त गरि सुलभ सिलवाल ब्लु हाउस क्याप्टेन बिजयी भएका छन् ।

निर्वाचन प्रक्रिया सिकाउने र विद्यार्थीहरुलाई प्रजातान्त्रिक पद्धति अबलम्बन गर्न अभ्यस्त बनाउने उदेश्यले कार्यक्रम गरिएको बिद्यालयको प्रधानाध्यापक प्रयास रेग्मीले बताए ।