मझिमटार निवासी मोनिका सारु मगरको ओमनमा दुर्घटनामा परि निधन

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २८, २०८०

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका ९ मझिमटार निवासी मोनिक सारु मगरको ओमनमा सडक दुर्घटनामा परि निधन भएको छ ।

नेपाली कांग्रेस धादिङको क्षेत्रिय प्रतिनीधि मोनिका केहि महिना अघि मात्रै वैदेशिक रोजगारिका लागि ओमनमा गएकी थिईन् ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले क्षेत्रिय प्रतिनीधि मोनिकाको निधन प्रति दुख व्यक्त गर्दै शोक विज्ञप्ती जारी गरेका छन् ।