हात हतियार मुद्दाका फरार अभियुक्त नीलकण्ठका केराबारी कान्छा पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २८, २०८०

धादिङ । धादिङ जिल्ला अदालतको २०७८ कार्तिक ४ गतेको आदेशले हात हतियार खरखजाना मुद्दामा ४ महिना कैद र ५ हजार जरिवाना तोकिएको फरार अभियुक्त नीलकण्ठ नगरपालिका १ केराबारी बस्ने बिनोद बहादुर गुरुङ पक्राउ परेका छन् ।

केराबारी कान्छाका रुपमा चिनिने उलाई मंगलबार पक्राउ गरि धादिङ जिल्ला अदालतमा पेश गएिको र अदालतको आदेशले उक्त कैद तथा जरिवाना भुक्तान गर्न बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।