धादिङ । २०२२ सिजन २, भोलुम २ अन्तर्गतको प्रिन्स एण्ड प्रिन्सेस विजेता भई बालबालिका संवद्ध अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘किड्स स्टार ईन्टरनेसनल २०२२’ मा नेपाललाई उपाधि दिलाउन सफल स्मारिक लम्सालले फेरि उपाधि जितेकी छिन् । धादिङ स्थित नीलकण्ठ नगरपालिका साङ्कोष निवासी ११ वर्षिय स्मारिका सातौ स्कुल प्रिन्सेस वोर्ल्ड २०२३ को शिर्ष उपाधी जितेकी हुन् ।
आर. के. इन्टरटेनमेन्ट ग्रुपद्वारा २०१४ देखि आयोजना शुरुवात गरिएको बिश्वकै प्रथम स्कुल प्रिन्सेस प्रतियोगितामा आफ्ना १४ प्रतिष्पर्धीलाई पछि पार्दै स्मारिका लम्सालले २०२३ को उपाधी जितेका हुन् । शिर्ष उपाधी विजेता प्रिन्सेसलाई ताजको साथै निर्णायक मण्डलका निर्णायकहरुद्वारा संयुक्त ट्रफी र ताज पहिराइएको थियो । प्रतियोगितामा प्रिन्सेस युनिभर्समा तर्फ, श्रेया पोखरेल, प्रिन्सेस अर्थ तर्फ काविया ओली प्रिन्सेस ईन्टरनेशनलमा महर्शा गैरेको साथै प्रिन्सेस एम्ब्रेसडोरको ताज प्रसंशा खतिवडाले हात पारे ।
शिर्ष उपाधी विजेता प्रिन्सेसलाई छात्रबृत्ति सहित विभिन्न गिफ्ट ह्याम्पर्स प्रदान गरिनुको साथै अन्त राष्ट्रिय मंचमा जाने अवसर प्रदान गरियको छ । त्यस्तै अन्य ताईटल विजेता प्रिन्सेसहरुलाई विभन्नि गिफ्ट ह्याम्पर्स सहित सबैलाई ताज पहिराइएको थियो ।