धादिङकी ११ वर्षिय स्मारिकाले जितिन अन्तराष्ट्रिय उपाधि

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १५, २०७९

धादिङ । धादिङ स्थित नीलकण्ठ नगरपालिका साङ्कोष निवासी ११ वर्षिय स्मारिका लम्सालले थाईल्याण्डमा आयोजित बालबालिका संवद्ध अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘किड्स स्टार ईन्टरनेसनल २०२२’ मा नेपाललाई उपाधी दिलाउन सफल भएकी छिन् ।

असोज पहिलो साता काठमाडौंमा भएको लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको ताज महिला तर्फ जित्दै थाईल्याण्ड यात्रा गरेकी स्मारिकाले नेपालका लागि अन्तराष्ट्रिय उपाधि समेत जितेकी हुन् ।

यस्तै काठमाडौंमा भएको लिटिल स्टार प्रिन्स एन्ड प्रिन्सेस २०२२’ का विजेता आर्यन पोखरेल प्रिन्सतर्फ र सेकेन्ड रनर अप युभी लामा गुरुङ्ग प्रिन्सेसतर्फले थाईल्याण्डमा आयोजित ‘किड्स स्टार ईन्टरनेसनल २०२२’ मा नेपालको प्रतिनिधित्व जनाउँदै उपाधी जिते यो ३ जनाको टिमले समग्रमा दोस्रो स्थान हासिल गरि नेपालको नाम राख्न सफल भए ।

डिसेम्बर १७ मा सम्पन्न उक्त प्रतियोगितामा आर्यनले ‘किड्स स्टार ईन्टरनेशनल २०२२’ को समूह क तर्फ उपाधी सहित राईजिङ स्टार २०२२ को उपाधी हात पारे भने स्मारिकाले समूह ग तर्फ बेस्ट फ्रेन्डशिप अवार्ड, बेस्ट कस्टुमतर्फ फोर्थ रनर अपको उपाधी, ट्यालेन्ट स्वा राउन्ड्को फस्ट रनरअप सहित थुप्रै बिधाहरुमा बिजेता हासिल गरेकी छिन्।

यस्तै समूह क तर्फको युभी लामा गुरुङ्ले किड्स स्टार फिफ्थ रनर अप सहित बेस्ट नेशनल कस्टुमतर्फ फर्स्ट रनर अपको उपाधी जितिन । अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगितामा बालबालिकाहरुलाई सहभागी गराउँदा उनीहरुको चौतर्फी बिकाससंगै हाम्रो संस्कृती तथा भेषभुषाको प्रवर्द्दनमा समेत सहयोग पुग्ने फेशन ईराका संचालक आनन्द सिंहले जनाए ।