धादिङकी ११ वर्षिय स्मारिकाले जितिन्, लिटिल स्टारको ताज

Avatar photo
Dhadingpost
शनिबार, अशोज १, २०७९

धादिङ । धादिङको नीलकण्ठ नगरपालिका साङ्कोष निवासी ११ वर्षिय स्मारिका लम्सालले लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको ताज जित्न सफल भएकी छिन् ।

फेसन इराद्वारा राजधानीमा शुक्रबार आयोजित लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेसको ताज महिला तर्फ स्मारिकाले जितेकी हुन् भने पुरुष तर्फ आर्यन पोखरेलले जिते । आयोजक संस्थाका प्रमुख आनन्द सिंहका अनुसार २०२२ सिजन २, भोलुम २ अन्तर्गतको प्रिन्स एण्ड प्रिन्सेस प्याजेण्ट सानेपा स्थित हेरिटेज गार्डेनमा सम्पन्न भएको हो ।

यो ताज जिते सँगै उनीहरुले विदेशी भुमीमा २०२२ मा हुने किडस स्टार इन्टरनेशनल प्रतियोगितामा सहभागीता जनाउने अवसर समेत पाएका छन् ।

सानै देखि नृत्य सिक्दै र विभिन्न उपाधी जित्दै आएकी, पढाइमा अब्बल स्मारिका काठमाडौंको साउथवस्ट्रन स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्, यसअघि कामना नृत्य अवार्ड जितेकी थिईन् ।