धादिङ । नेपाल दलित मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलनबाट धादिङका दिपक विश्वकर्मा उपमहासचिव पदमा चयन भएका छन् । सम्ममेलन दुई दिन सम्म काठमाडौंमा चलेको थियो ।
सम्मेलनले दलजीत श्रीपाली अध्यक्ष रहेको १९९ सदस्यीय कार्यसमिति गठन गर्दा धादिङ नीलकण्ठ नगरपालिकाका उप-प्रमुख समेत रहेको विश्वकर्मा उपमहासचिव बनेका हुन् ।