धादिङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आगामी हुने निर्वाचनका कुर्नै पार्टी सँग चुनावी तालमेल नगर्ने बताएका छन् । नेपाली काङ्रेस प्रतिनिधि सभा क्षे नं २ धादिङको प्रथम क्षेत्रीय सम्मेलन तथा प्रशिक्षणमा बोल्दै सबै पार्टी एक भएर आएपनि कांग्रेस अब एक्लै चुनाव लड्ने दावी गरेका हुन् ।
हामीले मतदातालाई हेप्यौं । तालमेलको नाममा रुखमा भोट हाल्ने मतदातालाई अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्न लगायौं यो कांग्रेसको ठुलो भुल हो । अब यो भुल गर्दैनौं । अब ४ वर्ष तयारी गछौं एक्लै चुनाव लड्छौं ।
कार्यकर्ताहरुको प्रश्नहरुको घेराबन्दीमा परेका उनले, उठेका धेरै प्रश्नहरुको कतिपय उत्तर आफुले दिन नसक्ने भन्दै उत्तर तपाईहरु आफै सँग रहेको बताएका थिए । । ३२९ पालिकामा कांग्रेस जितेको छ । जनता हेर्यो उतै कांग्रेसका जनप्रतिनीधि भेटिन्छ तर कार्यकर्ताहरुमा फेरि असन्तुष्टि देखिन्छ । हो अहिले हामी किन यसो भई रहेको छ खोज्दै छौं । जितेर पनि हामी किन आत्तिएका छौं, निराश बनेका छौं किन ? उत्तर खोज्दै छौं ।
हामी नेतृत्व कहिन कहि चुकेका छौं, हामी सुध्रन चाहान्छौं अब सुध्रनुको विकल्प छैन । पार्टी विधानको शासनलाई आत्मसाथ गर्न सकिएन गम्भीर गल्ती भयो हामी सच्चिन चाहान्छौं । अब बार्षिक योजना बनाएर अगाडी बढ्दै छौं । छोटो समयमै कमजोरी पक्ष पहिचान गरि पार्टी चुस्त बनाउँदै छौं । आममतदाताको भावना अनुसार कांग्रेस अब अगाडी बढ्छ उनले बताए ।