धादिङमा गगन थापालाई कार्यकर्ताद्वारा प्रश्नको घेराबन्दी

Avatar photo
Dhadingpost
शनिबार, बैशाख २३, २०८०

धादिङ । धादिङबेसीमा जारी नेपाली काङ्रेस प्रतिनिधि सभा क्षे नं २ को प्रथम क्षेत्रीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुले महामन्त्री गगन थापालाई प्रश्नको घेराबन्दीमा पारेका गरेका छन् ।

धादिङबेसी स्थित कभर्डहलमा आयोजित कार्यक्रममा कार्यकर्ताहरुको प्रश्न महामन्त्री थापाले सुनी रहेका छन् । प्रश्नहरु सकिएपछि महामन्त्री थापाले उठेका प्रश्नको उत्तर दिने कार्यक्रम रहने बताईएको छ । अहिले कार्यकर्ताहरुले प्रश्न गरि रहेका छन् ।

कार्यकर्ताबाट गगनका लागि जोड तोडले उठेको प्रश्न
१. देश मै रहेका युवालाई घण्टी मै जान दिने कि कांग्रेस जनमुखि भिजनमा जाने ?
२. कांग्रेसले तालमेल गरेर कार्यकर्ता सक्ने योजना मै हो ?
३. नहुने बेला नाति देखि मासिन्छ भने जस्तै भएको छ कांग्रेस ?
४. कांग्रेसले माओवादी बोकेर कहिले सम्म हिड्ने हो ?
५. १ घण्टाको कार्यक्रममा दुई घण्टाको अतिथि आशन ग्रहण अन्त्य आवश्यक ।
६. केन्द्रीय समितिमा आफ्नो भुमिका पुरा गर्नूभएको छ गगन ज्यू ?
७. कांग्रेसका जनप्रतिनीधिहरुले जनहितमा काम गरेका छन् ? पार्टीको कुनै मेकानिजम छ अनुगमनको ?
८. दाँत झरी सक्यो, प्रधानमन्त्री खाई रहने उमेर हद हुनुपर्यो ?
९. किसाले मन पाएका छैनन्, भुकम्प पिडितले अहिले सम्म राहात पाउ सकेका छैनन् अनि जनताले कांग्रेसलाई किन पत्याउने ?
१०. अहिले कांग्रेस भित्र पक्ष र प्रतिपक्ष दुई धरा छ यहि स्थितिमा रह्यो भने ०८४ मा सकिन्छ ।
११. श्री ५ को गुठी समस्या नेत्रावती डवजोङमा विद्यमान छ जनतालाई सुकुम्बासी हुन कांग्रेसले रोक्न सक्ला
१२. धादिङका नेता भट्नै काठमाडौंमा कोटा लिनु पर्ने ?
१३. धादिङका जनताहरुको आधारभुत समस्या र विकासको नेतृत्व कांग्रेस लिनु पर्छ ।
१४. देशको अर्थतन्त्र सुधार्न कांग्रेसको योजना के छ ?
१५. युवाहरु दैनिक विदेशीनेको संख्या उच्च् बन्दै गएको छ खै रोक्ने योजना ?
१६. नेपाली कांग्रेस एक्लै जनताकोमा जान नसक्ने नै भएको हो ?
१७. सरकारी सेवा सुविधा जनताको पहुँच छैन यो कुरा कांग्रेस किन बुझ्दैन ?
१८. कार्यकर्ता पार्टीमै रहिरहन योजना के छ ? किन कांग्रेस हुने माओवादीलाई पालैपालो बोकेर हिड्न ?
१९. अब बन्ने बजेटमा काग्रेसको भुमिका के छ ?
२०. कांग्रेस गुटबन्दीले सकिन लागेको चेत कहिले सकने ?