धादिङ । नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन सोमबारदेखि नेपालगन्जमा सुरु भएको छ । चैत २९ गतेसम्म चल्ने उक्त राष्ट्रिय महाधिवेशनमा धादिङबाट १६ जना युवा प्रतिनीधिहरु सहभागी छन् । जिल्लाको १३ पालिकाबाट ११ जना र जिल्ला कमिटीबाट ३ गरी १६ प्रतिनीधि महाधिवेशनमा सहभागि बनेका हुन् ।
धादिङबाट सहभागि १६ जना मध्ये हाल ३ जना पधाधिकारीमा चुनाव लड्ने तयारी देखिन्छन् । दिपक खतिवडा र विष्णुहरि त्रिपाठी केन्द्रिय उपाध्यक्षमा उठ्ने तयारीमा रहेका छन् भने बाबु छत्कुली उप महासचिवमा उठ्ने भएका छन् । यस्तै सचिवमा मोदनाथ सिलवालले आकांक्षीका रुपमा देखिएका छन् ।