केपी शर्माओली चैत २६ गते सेर्तुङ आउने

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १८, २०७९

धादिङ । नेकपा एमाले धादिङले आज पत्रकार सम्मेलन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्माओली चैत २६ गते रुविभ्याली ३ सेर्तुङ आउने जनाएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने, यतिबेला हाम्रो पार्टीले देशभर मिसन ग्रासरुट अभियान चलाई रहेको छ यहि अभियानको क्रममा अध्यक्ष केपी शर्माओली चैत २६ गते सेर्तुङ आउने हुनुभएको हो ।

रुवीभ्यालीको एकीकृत विकास परिकल्पना एमालेको भएको र एमालेको मन्त्री छँदा सोहि परिकल्पना अनुसार बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेल र रामेश्वर फूयाँलले रुबीभ्याली एकीकृत विकास परियोजना अगाडी बढाएकोले रुबीभ्यालीमा केपी शर्माओलीको आगावनलाई विशेष रुपमा लिन सकिने एमाले धादिङले जनाएको छ ।