रुबीभ्यालीको एकीकृत विकासको काम अगाडी बढ्यो -मन्त्री फूयाल

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २७, २०७७

धादिङ साउन २७ । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामेश्वर फूयालले धादिङको रुबीभ्याली गाउँपालिकाको एकीकृत विकासको काम अगाढी बढेको घोषणा गर्नु भएको छ ।

बागमती प्रदेशको १३ जिल्लाका ७४ वटा गाउँपालिका मध्य विभिन्न सूचाङ्कका आधारमा रुबीभ्याली गाउँपालिका कम विकसित देखिएकोले प्रदेश सरकारले यस गाउँपालिकालाई एकीकृत विकासको योजना ल्याएको समेत मन्त्री फूयालले बताउनु भएको छ ।

जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन नाथ नेपालको सभापतित्वमा धादिङबेसीमा भएको रुबीभ्याली एकीकृत विकास परियोजना कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री फूयालले भाद्र महिनामा रुबीभ्याली जोड्ने बोराङ र लापा जाने आँखु खोला पुल र झर्लाङ पहिरो फेदिमा अर्को गरी दुईवटा पुलको टेण्डर हुने समेत बताउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा संघीय सांसद खेम लोहनी, प्रदेश संसादहरु जगत सिंखडा, डा. रामकुमार अधिकारी, डा. राजाराम कार्कीले रुबीभ्यालीको विकासका लागि बनेको बृहत योजनालाई संघीय सरकार र प्रदेश सरकारले गम्भिर रुपमा लिनु पर्ने बताउनु भएको थियो ।

नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेलले रुबीभ्याली अहिले कम विकसित देखिए पनि त्यहाँ भएका स्रोत र साधनलाई सरकारले उपयोग गर्ने नीति ल्याउन सके रुबीभ्याली मात्र नभै समग्र धादिङ जिल्ला आर्थिक रुपमा सम्पन्न हुन सक्ने बताउनु भएको थियो ।

यस्तै नेपाली काँग्रेसका सभापति रमेश धमलाले जनप्रतिनीधिहरुले साना तीना काम मैले गरेको भन्दै सस्तो लोकप्रियता तिर हिड्नु भन्दा सबैको जनप्रतिनिधि भएको आभास दिँदै प्रतिपक्षदलको समेत राय लिने र राम्रा कुराहरुलाई योजनामा राखेर अगाडी बढ्न सुझाव दिनु भएको थियो । सभापति धमलाकोे रुबीभ्यालीलाई पर्यटन सँग जोडेर नै विकास गरिनु पर्ने तर्क थियो ।

रुबीभ्याली गाउँपालिकाका गाडी चालकलाई कोरोना पोजेटिभ देखिए पछि प्रमुख र उप प्रमुख दुबै जनाको स्वाव परिक्षणमा पठाएको र रिपोर्ट नआएको कारण उहाँहरु उक्त कार्यक्रममा सहभागि नभएपछि रुबीभ्यालीको गाउँपालिकाको परिचय सहित वडा नम्बर २ का अध्यक्ष पेम्बा घलेले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

यस्तो थियो कार्यपत्र

रुवीभ्याली गाउँपालिकाको एकीकृत विकास परियोजना कार्यान्वयनका लागि सरोकारवालाहरुसंगको अन्तर्कृया कार्यक्रम

प्रस्तुतकर्ताः
पेम्बा घले, २ नं. वडा अध्यक्ष , रुवीभ्याली गाउँपालिका, धादिङ

ऐतिहासिक पृष्ठभूमीः

घले राजाहरुको दरबार, मम्बाहरुको सदाचेत, तामाङहरु मुखिया भएको, सिङ्ल, झाँक्रीहरुको पवित्र तीर्थ स्थल, भौगोलिक अवस्थिति, सिमाना तथा राजनैतिक र प्रशासनिक विभाजन, उच्च हिमाली क्षेत्र, उत्तरमा चीन, दक्षिणमा खनियाबास गाउँपालिका, पूर्वमा रसुवा जिल्लाको आमाछिदिङ्मो गाउँपालिका र पश्चिममा गोरखा जिल्लाको आरुघाट गाउँपालिका, साविक सेर्तुङ, तिप्लिङ र लापा गा।वि।स।को संयोजनबाट गाउँपालिकाको निर्माण भएको,
निर्बाचित ३३ सदस्यीय गाउँ सभा , १४ सदस्यीय गाउँ कार्यपालिका, ६ वटा वडा

हावापानी तथा जलवायु
बार्है महिना चिसो, गणेश हिमालको काखमा अवस्थित, १८०० मिटर देखि २६०० मिटरको हाराहारीको उचाइमा बस्तिहरु भएको ।

नदिनाला, ताल तथा प्राकृतिक स्रोतहरु
आंखु खोला, बुम्ला खोला, गणेश हिमाल, पेल्दोर पिक, पाङ्साङ भञ्जाङ्, सिङ्ला,कालो सेतो दह, गणेश कुण्ड, पेन्तिस्या खोला, गोर्गेन खोला, पारगंङ तातोपानी, पेन्तिस्या तातोपानी, दोङ्देन कुण्ड, दुङ्सेल झरना, गोठेन तीर्थस्थल।

विद्यमान भौतिक पूर्वाधार तथा सेवा सुविधाहरु

वडा कार्यालयका भवनहरु, स्वास्थ्य चौकिका भवनहरु, विद्यालयका भवनहरु, झोलुङ्गे पूलहरु, नेपानी ट्यांकीहरु, मोबाइल टावर

जनसंख्या र सामाजिक स्थिति

१३ हजार जनसंख्या, २३ सय घरधूरी, संयुक्त परिवार, एकै स्थानमा धेरै घरहरु निर्माण भएर बनेको समुदाय र बस्ती, तामाङ, घले, गुरुङ र दलित समुदाय

पर्यटन
ट्रेकिङ, गणेश हिमाल बेस क्याम्प, दृष्यावलोकन, तातोपानी,कालोदह सेतो दह, गणेशकुण्ड, डुप्ची दह

वन तथा हिमाली क्षेत्र

गोब्रे सल्लो, धुपी, सल्लो, गुँरास, सुनपाती, लौठसल्ला।

संस्थागत स्रोत तथा क्षमतास मानव स्रोत विकास

कार्यालय प्रमुख प्रशासकीय अधीकृतःरा.प.तृतीय, छैठौ तह अधीकृत, इन्जिनियर र शिक्षा अधीकृत र ६ वटा वडा कार्यालय, पाँचौ तह र चौथो तहका वडा सचिवहरु, ४ वटा माध्यमिक विद्यालय, ३ वटा स्वास्थ्य चौकीहरु

विपद व्यबस्थापन, जोखिम न्यूनिकरण

मानवीय स्वास्थ्यमा जोखिम हवाइ उद्दारको विकल्प छैन, पहिरो तथा बाढी

विकासका समस्या तथा चुनौतीहरु

सदरमुकामबाट टाढा, सडकको पहुँच न्युन, सरकारी कार्यालयहरुको अपर्याप्त पूर्वाधार, विद्युतीकरणमा समस्या